FAQs Complain Problems

कावासोती नगरपालिकाको संक्षिप्त परिचयः

कावासोती नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १२८६६ छ भने जम्मा जनसंख्या ५६७८८ छ र यसमा पुरुषको संख्या २६०९१ र महिलाको संख्या ३०६९७ रहेको छ यो तथ्याङ्क २०६८ को राष्ट्रि जनगणना अनुसार लिएको हो । १६ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि साविक कावासोती, पिठौली र अग्र्यौलीमा समेत संयुक्त वडा कार्यालयको रुपमा सेवा प्रवाह हुँदै आएको छ ।
यस नगरपालिकामा विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ । यस नगरपालिकामा बसोवास गर्ने विभिन्न जातजातिहरु यस प्रकार रहेका छन । क्षेत्री, पहाडी ब्राम्हण, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, गुरुङ, दमई, डोली, ठकुरी, सार्की, तेली, सन्यासी, दशनामी, मुसहर, खट्बनियाँ, कुमाल, कानु, नुनिया, मारवाणी, दराई, भोटे, वादि, राई, यादव, हजाम ठाकुर, माझी, राजपुत, बाराई, विन अन्य, तराई अन्य आदिको मिश्रित वसोवास रहेको छ । यो तथ्याङ्क २०६८ को राष्ट्रिय जनगणना अनुसार लिएको हो ।
यस नगरपालिका ऐतिहासिक महत्व बोकेको सास्कृतिक सम्पदाले भरिपूर्ण धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगायत विभिन्न जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको साझा बसोबास भएको यस नगरपालिकामा धार्मिक, पर्यटकिय तथा आर्थिक रुपले आफैमा आत्मानिर्भर रहन प्रचुर सम्भावना बोकेको नगरपालिका हो ।