FAQs Complain Problems

कावासोती नगरपालिका अन्तर्गतको अमलटारी मध्यवर्ती सामुदायिक वनमा पर्यटकहरु द्धारा वन्यजन्तु अवलोकन

Read More

कावासोती नगरपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारद्धारा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सदरमुकाममा अवस्थित कावासोती नगरपालिका तत्कालिन ४ वटा गाउँ विकास समितिहरु ( कावासोती, शिवमन्दिर, पिठौली र अग्यौली) लाई समायोजन गरेर १६ वटा वडा रहने गरी २०७१ बैशाख २५ गते घोषणा गरियो । नेपालको संविधान बमोजिम राज्यको पुन: संरचना हुने क्रममा नेपाल सरकारले २०७३ सालमा लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित कुमारवर्ती गाँउ विकास समितिलाई समेत समावेश गरी १७ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापित भएको छ ।

कावासोती नगरपालिकाको नामाकरण साविकको कावासोती गाउँ विकास समितिसँग जोडिदै आएको पाइन्छ । साविकका कावासोती लगायतका गाविसहरुलाई गाभेर नगरपालिका बनाउने निर्णय नेपाल सरकारबाट भए पश्चात सोही नामबाट नगरपालिकाको नाम कावासोती राखिएको हो । वास्तवमा कावासोती शब्द प्राकृतिक सम्पदा खोलासँग जोडिएको छ । नेपाली शब्दकोष अनुसार कावा को अर्थ वृत्ताकार मार्गमा हिड्ने र सोती को अर्थ तेर्सो परेको ठाउँमा सलल्ल बगेर पानी जाने भन्ने हुन्छ । नगरपालिका क्षेत्रभित्र केरुङ्गे खोला, पत्थर खोला, लोकाहा खोला, वाणखोला आदि खोलाहरु मध्ये पालिका क्षेत्रभित्र रहेका खोलाको भूमिका सिंचाइमा ठूलो राहत मिलेको र तटबन्धनको अभावका कारण खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ । यसै खोलाको नामबाट कावासोती गाविस हुँदै नगरपालिकाको नामाकरण भएको अनुमान गर्न सकिन्छ ।

यो नगरपालिका गण्डकी प्रदेश अन्तर्गत रहेको ८५ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल १०८.३५ वर्ग किलोमिटर मा फैलिएको छ । जसमध्ये कृषि भू-उपयोगका दृष्टिले २५०० हेक्टर जमिन रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा देवचुली नगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज, पश्चिममा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका, उत्तरमा हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्च पर्दछन् । २०७८ सालको जनगणना अनुसार ८६,८२१ जनसख्या  र जनघनत्व ८०१, कुल परिवार संख्या २२,१६६, लैंगिक अनुपात ८७.५३ रहेको छ । मुख्य रुपमा ब्राह्मण, क्षेत्री, थारु, मगर ,गुरुङ्ग, माझी, बोटे, मुसहर लगायत सबै जात र धर्मका मानिसहरु बसोवास गर्ने यस नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई धर्म मान्ने मानिसहरुको बाहुल्यता रहेको छ ।

कृषि, पर्यटन र उद्योगका हिसावले प्रशस्तै संभावना बोकेको नवीन नगरका रुपमा स्तरोन्नती हुने क्रममा रहेकाले यसले अहिलेसम्म कुरुपताको अभिशाप बोक्नु परेको छैन । १७ वटा वडामा विस्तारित यस नगरमा एकीकृत बस्ती विकास, योजनाबद्ध शहरीकरण, आधारभूत भौतिक सुविधाको उपलब्धता आदिको उचित व्यवस्थापन गर्न सकिने प्रशस्तै आधारहरु रहेका छन् । पुराना शहरहरुले भोगिरहेका समस्याबाट शिक्षा लिँदै कावासोती नगरमा रहेका विशिष्ट सम्भावनाहरुको गाम्भिर्यतापूर्वक अध्ययन गरेर दीर्घकालीन योजनाका साथ अघि बढे यसको समुज्जवल भविष्य देखिन्छ । साथै नारायणी नदीको तटीयक्षेत्र अवलोकन तथा पर्यापर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । कृषि क्षेत्रमा पकेट क्षेत्रको रुपमा विकास हुँदै गएकाले यस नगरलाई खाद्यान्नमा आत्मनिर्भर उन्मुख सहरको रुपमा विकास गर्न सकिन्छ ।

जन प्रतिनिधि

विष्णु प्रसाद भुषाल
mayor@kawasotimun.gov.np
९८५७०४६२१२
फूल कुमारी थनेत
phulkumarithanet2022@gmail.com
९८५७०४६२१३

प्रमुख प्रशासकीय अधिकृत

सूचना अधिकारी

mukti.basel@gmail.com
९८५७६३०६०१

जानकारी